भर्खरै : Sorry, your browser does not support inline SVG.

विकासको नाममा विनास निम्त्याउने काम कसैले नगराैंः लाेमन बडुवाल

विकासको नाममा विनास निम्त्याउने काम कसैले नगराैंः लाेमन बडुवाल

प्रकृति आफ्नो गति, नियम र शैलीमा निरन्तर चलिरहन्छ । प्राकृतिक नियम र गति नै रोकिने हो भने संसार सखाप हुन्छ होला । यस विषयमा मान्छेले आफू सकिने चिन्ता गर्ने गरेको भएपनि चिन्ता गर्नु पर्ने कुनै कुरा छैन ।

संसार प्रलय हुने वा नहुने भन्ने कुराको बारे टिकाटिप्पणी भए पनि विशेषज्ञ र वैज्ञानिकहरुका अनुसार पृथ्वीको आयु धेरै नै लामो भएको कुरा प्रमाणित गरेका छन् । निश्चित समय, मितिसम्म ब्रह्माण्डआयु यकिन छैन ।

पृथ्वी र मानव बस्तीमा खास कुनै समयावधिमा प्राकृति घटना घट्ने खास नियम नभएपनि बेला बेलामा कहिलेकाही छोटो समय भित्रै र कहिले काही लामो समयपश्चात सामान्य देखि ठूल ठूला विनाशकारी र डरलाग्दा घटना घट्ने गरेको र प्रकृतिले आफैलाई र मानव जातिलाई ठूलो क्षती पुर्‍याउँदै आइरहेको छ ।

पक्षपात नगरीकन जो सुकै मान्छेलाई पनि धरधरी रुवाउने, दुमा बस्नु पर्ने र पीडादायी अबस्था सहनु पर्ने वाध्यात्मक परिस्थिति ल्याउने गरेको छ ।प्रकृतिलाई समेत मान्छेले केही विषयमा केही हदसम्म नियन्त्रणमा राख्ने र बसमा पार्न सक्ने भएपनि प्राकृतिक घटनाक्रमलाई मान्छेले जित्न र पूर्णरूपमा आफ्नो बसमा पारेर चलाउन भने सकिने छैन ।

तर मानव जातिको विविध अचाक्ली क्रियाकलाप, लापरबाही, वन–जंगल विनश, खानपान, रहनसहन, अव्यवस्थित बसाई, असभ्य व्यवहार, अहंता अहंकार, आडम्बरीपना, प्राकृतिक बनोटलाई तनाब, नदी खोला, हिमाल, पहाड आदि विषयवारे जबर्जस्त जाइलाग्नाले मानव बस्ती र जन धनको क्षती हुने गरेको छ ।

यति मात्र होइन, यस्ता काम र क्रियाकलापले गर्दा वातावरणीय प्रभाव परि पृथ्वीको प्राकृतिक नियममा प्रतिकूल असर पर्न जान्छ र यसले गर्दा पनि प्रकृतिले गर्न र घट्न नचाहेको घट्ना पनि तत्काल घट्ने सम्भावना प्रबल हुन्छ ।

विगतको तुलनामा वर्तमानमा यस्ता प्राकृतिक घट्नाहरु बाढी–पहिरो, तुफान, चट्याङ, आँधी व्यहेरी, भूकम्प, खडेरी, अनावृष्टी तथा अति बृष्टीका कारण आवश्यकताभन्दा बढी वर्षा हुने जस्ता घटनाहरु बढी हुने गरेका छन् । यस्ता घटनाहरु कुनै दिन बार हेराएर आउने होइनन् ।

न त बाजा बजाएर नै आउँछ्न् । कतिबेला के हुने हो थाहा हुँदैन । यस्ता घटना क्रमबाट जन धन र प्राकृतिक वातावरण क्षती नहोस भन्नाका खातिर संबन्धित विषयबारे अध्ययन अनुसन्धान गर्ने वातावरण पर्छ ।

नागरिकहरु आफै पनि बेला बेलामा घटेका घटनाहरु स्मरण गरी चनाखो र सचेत भएर होसियारीपूर्वक ध्यान पुर्‍याएर काम गरेको खण्डमा प्राकृतिक प्रकोपवाट धेरै जोगिन र जोगाउन सकिन्छ । प्राकृतिक प्रकोपबाट जोगिन तथा घटना र विपद् नहुन् भन्नका लागि त्यो देशको सरकार गतिलो हुनु पर्छ ।

सरकार पनि होसियार र जिम्मेवार भएर देश र जनताको हित हुने काममा कटिबद्ध भएर काम गर्नु पर्छ । सरकार नै होशियार भएन र लापरबाही गरि जभाभावी काम गर्ने र गराउने काममा लाग्छ भने प्रकृतिलाई पनि निकै आडभरोसा, बल र सहायता पुग्छ ।

नेपाल पनि प्राकृतिक प्रकोपका घटना धेरै घट्ने भूभाग अन्तर्गत पर्छ । हुन त सबै खाले घटना र वातावरणमा प्राकृतिक नियम प्रतिकूल नहुने गरी काम गर्न पृथ्वीका प्रत्येक कुना कुनामा वस्ने सबै मानिसले सोच्नै पर्छ । तर कतिपय कुरा विषय र घट्ना निश्चित देश र भूभागमा मात्र सीमित हुने हुनाले त्यहीको मान्छे र सरकारले मात्र पनि ध्यान दिनु पर्ने हुन्छ ।

नेपालमा प्राकृतिक घटना भूकम्प र बाढी पहिरो जाने मुख्य भूभागमा पर्छ । सावधानीका साथ विपद् व्यवस्थापन गरेको खण्डमा धेरै न्यून हुनेछ । नेपालमा तीन तहको सरकार छ । तीनैवटा सरकारलाई संविधान अनुसार अधिकार दिइएको छ । अधिकारलाई जथाभावी प्रयोग गर्ने गरेको पाइएको छ ।

विकासको नाममा जथाभावी बाटो निर्माण गरेको देखिन्छ । सडक निर्माण गर्दा वातावरणीय असर नहुने गरि दिगो विकासको नियमनुसार गर्नु पर्ने हो । तर विकास भन्दा बजेट सिध्याउने उद्देश्यले अहिले गाउँ बस्ती सबै विनाशको शिकार भएका छन् ।

विना इन्जिनियरिङ्ग डोजर चलाउनाले जमिनलाई हल्लाउने र जिस्क्याउने काम भइरहेको छ । अहिले देशको पूर्वदेखि पश्चिमसम्म धेरै भागमा धनजनको क्षती भयो । जथाभावी बाटो, सडक बनाउनाले विकासको नाममा विनाश निम्तिएको हो ।

लापरबाही गरेर गरिने विकासले निरंतरता पाउनाले यसतो दुखद घटना सुनिरहन परेको छ । अब यस्ता घट्ना न्यूनीकरण गर्नका लागि सरकार, सरोकारवाला पक्ष र हामी सबैले सचेत भएर बस्नुको विकल्प छैन ।

 


Thali Mobile Pvt.Ltd.