भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला

कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला

काठमाडौं, ९ साउन । नेपालमा कानुनविपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा ४७ जना विदेशी महिलालाई देश निकाला (डिपोर्ट) गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलनमार्फत उनीहरूलाई अध्यागमन विभागको समन्वयमा नेपालबाट फिर्ता पठाइएको जानकारी दिएको हो ।

परिसरका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार ठमेल, दरबारमार्गलगायत पर्यटकीय क्षेत्रमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा ५७ जना विदेशी महिला पक्राउ परेका थिए । पक्राउ परेकामध्ये ४७ जनालाई देश निकाला गरिएको छ भने अन्य १० जनामाथि अनुसन्धान जारी रहेको छ ।

देश निकाला गरिएका महिलाहरू युगान्डा, भियतनाम, थाइल्यान्ड, बङ्गलादेश, केन्या र इन्डोनेसिया लगायतका विभिन्न देशका नागरिक रहेको प्रहरीले जनाएको छ ।

एसपी भट्टराईका अनुसार नेपालमा अनलाइन बेटिङ सञ्चालन गरी नेपाली नागरिकको ठूलो रकम हुन्डी र क्रिप्टोमार्फत विदेश पठाउने संगठित सञ्जाल सक्रिय रहेको पाइएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहको पहिचान, बेटिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाइएको उनले बताए ।

यसैबीच, सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउने बिचौलियाविरुद्ध सञ्चालन गरिएको अभियानमा प्रहरीले ३०९ जनालाई पक्राउ गरेको जनाएको छ । तीमध्ये ६१ जनामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.