भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

जिप दुर्घटना हुँदा जाजरकोटमा ५ जनाको मृत्यु, दुई घाइते

जिप दुर्घटना हुँदा जाजरकोटमा ५ जनाको मृत्यु, दुई घाइते

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा उक्त जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका हुन ।

ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइते दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.