भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट सम्पन्न

भक्तपुर महोत्सवबारे पत्रकार भेटघाट सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर महोत्सव २०८१ बारे पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

महोत्सवको हालसम्मको तयारीबारे जानकारी दिदै महोत्सव मूल समारोह समिति संयोजक एवम् नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मौलिकता, कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरुको आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गरेको बताए ।

प्रमुख प्रजापतिले मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पुर्ण तयारीहरु भइसकेको र साँस्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिने र ३२ वटा विधा ८० स्थानमा महोत्सव सञ्चालन हुने जानकारी दिए ।

सोही क्रममा नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी, ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्कि· स्थलको व्यवस्था मिलाएको बताउदै महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा विहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गर्न नगरका विभिन्न १९ स्थानमा प्रवेश निषेधको व्यवस्था मिलाएको बताए ।

महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुृर, शसस्त्र प्रहरी बल भक्तपुरलगायतका सुरक्षा निकायहरुसँग समन्वय र सहकार्य भइरहेको जानकारी गराए ।

प्रमुख प्रजापतिले महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कूल ५७५ जना स्काउटरहरु परिचालन हुने जानकारी दिए । कार्यक्रममा उपस्थित विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुले महोत्सव सञ्चालन र व्यवस्थापनबारे आ—आफ्नो राय सुझाव दिएका थिए ।

 

 


Thali Mobile Pvt.Ltd.