भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

जंगली हात्तीका कारण रौतहटमा ६ वटा घरमा क्षति

जंगली हात्तीका कारण रौतहटमा ६ वटा घरमा क्षति

रौतहट । जंगली हात्तीका कारण रौतहटमा ६ वटा घरमा क्षति पुगेको छ । रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलसहिया पशुपति टोलमा जंगली हात्तीका कारण उक्त घरमा क्षति पुगेको हो ।

हात्तीले पुर्‍याएको क्षति विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र पासवानको घरमा क्षति पुर्‍याएको प्रहरी चौकी हरिनगर पोखरभिन्डाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.