भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

कुर्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको दाबी

कुर्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेको रुसी रक्षा मन्त्रालयको दाबी

एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा युक्रेनले नयाँ आक्रमण गरेको छ । युक्रेनी आक्रमणकारी समूहहरूलाई रोक्न प्रयास भइरहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । कुर्स्क क्षेत्रमा युक्रेनले आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

कुर्स्क क्षेत्रमा युक्रेनको पछिल्लो आक्रमण रोक्न रुसी सेनाको प्रयासको जवाफमा फेरि आक्रमण भएको रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । युक्रेनले कुर्स्क क्षेत्र कब्जाको प्रयासमा आक्रमण गरेको बुझिएको छ ।

युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री येर्माकले कुर्स्क क्षेत्र नियन्त्रणका लागि युक्रेन जीत नजिक पुगेको बताएका छन् । युक्रेनी अधिकारीहरूले पनि एक अपरेसन सञ्चालन भइरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ । युक्रेनले गएको वर्ष अगस्टमा रुसको कुर्स्क क्षेत्रमा पहिलो पटक आक्रमण गरी ठूलो क्षेत्र कब्जा गरेको थियो ।

पछिल्ला महिनाहरूमा रुसी सेनाले यी क्षेत्रहरूमा ठूलो प्रगति गर्दै युक्रेनलाई पछाडि धकेल्न सफल भएको बताएको छ । तर, युक्रेनी सेनालाई पूर्ण रूपमा निष्कासन गर्न भने अझै सकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.