एजेन्सी । गाजाको अस्पतालबाट दुई सय जनाको शव निकालिएको छ । खान युनिसको नासेर अस्पतालबाट उक्त लाश निकालिएका हुन । अस्पताललाई इजरायली सेनाले नियन्त्रणमा लिएको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएका धेरै व्यक्तिको हत्या भएको हमासले दावी गरेको छ ।
गाजामा विद्रोही समूह हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीकाअनुसार यी शवहरू सामूहिक चिहानमा गाडिएको अवस्थामा फेला परेका हुन् । शवहरूलाई अस्पताल छेउ गाडेको पाइएको बीबीसीले जनाएको छ । सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।
इजरायलले अस्पतालमा शव फेला परेको विषयमा थप अनुसन्धान गरिरहेको खबरमा उल्लेख छ । खान युनिस अस्पताल वरपरको क्षेत्रमा केही हप्तासम्म भएको युद्धपछि इजरायली सेनाहरू दुई हप्ता अघि त्यहाँबाट पछि हटेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । चार हजार नोकरी कटौती गर्ने जापानको तोसिबा कम्पनीले योजना बनाएको बताएको छ । समस्याग्रस्त तोसिबाले कम्पनी पुनर्संरचना कार्यक्रम अनुसार नोकरी कटौती गर्ने जनाएको हो । व्यवस्थापनको कठिन...
स्लोभाकिया । प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्लोभाक शहर ह्याण्डलोभामा बैठक सकेर बाहिर निस्कने क्रममा गोली प्रहार भएको हो । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दुरीमा...
एजेन्सी । बाढीबाट मृत्यु ५७ जनाको मृत्यु भएको छ । इण्डोनेसियामा लाभा बाढीका कारण ५७ जनाको मृत्नयु भएको हो । बाढीमा अन्य २२ जना अझै बेपत्ता हराइरहेको सञ्चार माध्यमले...
एजेन्सी । पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ) को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले उक्त निर्णय गरेको हो...