भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पाकिस्तानमा महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा

पाकिस्तानमा महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा

एजेन्सी । पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ) को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शाहबाज सरिफले व्यवसाय गर्ने सरकारको काम नभएको तर देशमा व्यापार र लगानीको राम्रो वातावरण दिन सरकार लाग्नुपर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रधानमन्त्री सरिफले निजीकरण आयोगलाई प्रक्रिया दिदै सरल बनाउन सबै मन्त्रीहरूलाई सहयोग गर्न अपिल गर्नुभएको खबरमा उल्लेख छ । पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्टअनुसार पाकिस्तानमा ८८ वटा सरकारी कम्पनी छन् ।

पाकिस्तानमा कम्पनीहरू बेच्ने कार्यक्रमलाई ‘निजीकरण कार्यक्रम २०२४ र २०२९’ नाम दिइएको छ । यसमा पाकिस्तानका पावर कम्पनीहरू अर्थात विद्युत वितरण कम्पनीहरु पनि पर्छन् । सबैभन्दा पहिले घाटामा रहेका कम्पनीहरू बेचिनेछन् । त्यसपछि नाफा कमाउने सरकारी कम्पनीलाई निजीकरण गरिनेछ ।

राजधानी इस्लामावादमा बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.