भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

काठमाण्डौ । डढेलो गाउँ पस्दा एक सामुदायिक विद्यालयसहित सात घर जलेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ मा सामुदायिक वनको डढेलो गाउँमा पस्दा विद्यालयसहित सात घर जलेर नष्ट भएका हुन ।

डढेलो गाउँ पसेपछि सुरक्षाकर्मी र स्थानीयवासी निभाउन खटिएका थिए । कक्षा–५ सम्म पढाइ हुने विद्यालयको काठबाट बनाइएको दुई कोठे भवन जलेको हो । डढेलो लागेको ठाउँ सुक्खाग्रस्त क्षेत्रमा पर्छ । दाम्लीको नबेल्खा जङ्गलमा लागेको डढेलो फैलिएको हो ।

स्थानीय बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा छुम्पाङ, बाघखोर, च्यानटार, पाँचभैयाटार र लाङमाका सात घर जलेर नष्ट भएका प्रहरीले जनाएको छ । डढेलोले बालकन्या आधारभूत विद्यालयमा समेत क्षति पुगेको स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.