काठमाण्डौ । विहीबार देशको मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । देशका धेरैजसो ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको हो । विहीबार चिसो बढेको छ ।
काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम सात दशमलव ५ डिग्री सेल्सियस रहेकोमा विहीबार बिहान चार दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर सामान्य हिमपातको सम्भावना रहे पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रबार बेलुकादेखि पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएर बदली र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि बेलुका भित्रने प्रणालीले देशैभर बदली हुने र सुदूरपश्चिम, कर्णाली प्रदेशमा वर्षा हुने सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर बिहान र राति बढी चिसो हुने मौसमविद्को भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नयाँ सहमतिमा आउन गणतन्त्रवादीहरुलाई राजावालीहरुले एक हप्ताको अल्टिमेटम दिएका छन् । बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी संयुक्त जनआन्दोलन समितिले उक्त अल्टिमेटम दिएको हो । राजसंस्था पुनःस्थापनाका...
गोरखा । पथप्रदर्शकको मृत्यु भएको छ। उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका उनको मृत्यु भएको हो । विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा हिँड्ने क्रममा सार्की...
काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो...
भक्तपुर । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन, कृषि तथा व्यापार महोत्सव...