भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सिरियामा नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण

सिरियामा नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण

एजेन्सी । सिरियामा नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण भएको छ । सीरियामा पूर्वराष्ट्रपति बसर अल असद समर्थक समूहले आक्रमण गरेको हो । असद समर्थक समूहले तार्तुस पोर्ट क्षेत्रमा आक्रमण गरेको हो।

सीरियाको कुख्यात सैदनाया जेलसँग सम्बन्धित एक अधिकारीलाई गिरफ्तार गर्न गएका गृह मन्त्रालयका सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएको हो। विद्रोही समूहको आक्रमणमा १४ सुरक्षाकर्मी मारिएका छन्। आक्रमणमा अरु १० जना घाइते भएका छन्।

सीरियामा दुई हप्ताअघि विद्रोही समूह हयात अल–तहरीरले असदको शासन अन्त्य गराएको थियो। युक्रेनमा क्रिसमस मनाइरहेका बेला रुसले १ सय ८४ वटा मिसाइल तथा ड्रोन आक्रमण गरेको हो। रुसले युक्रेनका ऊर्जा केन्द्रहरुलाई लक्षित गरी भीषण आक्रमण गरेको हो।

खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, जाइटोमिर, इभानो–फ्रान्किभस्क र जापोरिझियामा कयौँ मिसाइलहरु प्रहार भएको युक्रेनी अधिकारीले जनाएका छन्। रुसले प्रहार गरेका ५२ वटा ड्रोन भने युक्रेनी हवाई रक्षा प्रणाली निष्क्रिय बनाएको छ।

उता रुसको कुस्र्क क्षेत्रको लगोभ सहरमा युक्रेनी गोलाबारीमा चार जनाको मृत्यु भएको छ। आक्रमणमा अरु पाँच जना घाइते भएको उक्त क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जेण्डर खिन्स्टाइनले बताएका छन् । रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गरेर ऊर्जा केन्द्रहरुलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ।

 


Thali Mobile Pvt.Ltd.