भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो पुल नदीमा खस्यो

जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो पुल नदीमा खस्यो

एजेन्सी । पानीजहाजले ठक्कर दिएपछि अमेरिकाको बाल्टिमोरमा पुल नदीमा खसेको छ । जहाजको ठक्करबाट फ्रान्सिस स्कट पुलको आधा भाग नदीमा खसेको समाचार संस्थाहरुले जनाएका छन् ।

जहाजको ठक्करबाट साढे दुई किलोमिटर लामो नदीमा खसेको र पुलसँगै केही गाडी पनि नदीमा खसेको प्रहरीले जनाएको छ । यो संगै केही व्यक्तिहरु समेत हराएको हुन सक्ने आसंका गरिएको छ ।

थुप्रै गाडी नदीमा खसेकाले मानवीय क्षति हुन सक्ने उल्लेख गरेको छ । अहिले अमेरिकी तटरक्षक र मेरिल्याण्ड राज्यका बहु–एजेन्सीले उद्धार अभियान चलाइरहेका छन् । सिँगापुरको झण्डा अंकित यो जहाज श्रीलंकाको कोलम्बो जाँदै गरेको खबरमा उल्लेख छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियोमा एउटा जहाजले ठक्कर दिएपछि पुलको ठूलो भाग एक्कासी नदीमा खसेको देखिन्छ । बाल्टिमोर शहरको अग्नि विभागले यो दुर्घटनालाई ठूलो हताहतको घटनाको रूपमा बर्णन गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.