भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युवाबीच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको घटनाका आरोपी ४ सार्वजनिक

युवाबीच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको घटनाका आरोपी ४ सार्वजनिक

ललितपुर । प्रहरीले दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै ललितपुरको ढोलाहिटीमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनाका मुख्य आरोपी विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.