भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न दूतावासको सिफारिस

श्रमिक अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न दूतावासको सिफारिस

काठमाडौँ । वैदेशिक रोजगारमा पठाएर अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न युएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ ।

युएई पठाएर अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेसनल ओभरसिज प्रालिलाई कारबाही गर्न सिफारिस गरेको हो । १९ जना युवा अलपत्र परेको सूचना सार्वजनिक भएपछि सम्बन्धित म्यानपावरले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।

युएईस्थित दूतावासका श्रम सहचारी आविद अन्सारीले म्यानपावरलाई कारबाही गर्न विभागलाई पत्राचार गरेका हुन् । ‘नेपाली श्रमिकहरू जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पहल नगरको देखिएकाले म्यानपावर तथा कम्पनीलाई कडा कारबाही गर्न आदेशअनुसार अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.