भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

आज देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

आज देशभर आंशिक बदली, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं, ४ वैशाख । देशका अधिकांश भागमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा आंशिक बदली देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा पनि समान प्रकृतिको मौसम रहने अनुमान गरिएको छ ।

आज राति हिमाली क्षेत्रसहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने जनाइएको छ ।

यसबीच देशभर तापक्रम क्रमशः बढ्दो क्रममा रहेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा अन्य भागको तुलनामा बढी गर्मी हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.