भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली

काठमाडौँ, २६ कार्तिक । हाल नेपालमा कुनै उल्लेख्य मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ। राति गण्डकी प्रदेशको केही उच्च भूभागमा आंशिक बदली रहने सम्भावना छ तर देशका अन्य स्थानमा आकाश प्रायः खुला रहने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल तापक्रम सामान्य अवस्थामा रहेकाले दैनिक जनजीवनमा विशेष असर पर्ने सम्भावना छैन।

 


Thali Mobile Pvt.Ltd.