भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भारतको बिहारमा दोस्रो चरणको विधानसभा चुनावका कारण नेपाल–भारत सीमा नाका बन्द

भारतको बिहारमा दोस्रो चरणको विधानसभा चुनावका कारण नेपाल–भारत सीमा नाका बन्द

काठमाण्डौ । भारतको बिहार राज्यमा आज दोस्रो चरणको विधानसभा चुनाव सम्पन्न भइरहेका कारण नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिएको छ ।

मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहट जिल्लामा पर्ने भारतसँग जोडिएका पूर्वी सिमानाका नाका तीन दिनसम्म बन्द रहनेछन् ।

सप्तरी प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलका अनुसार यस सिमानाका नाका शनिवार रातिदेखि आज राति १२ बजेपछि खुल्नेछ ।सीमा बन्द हुँदा जनकपुरधाम–जयनगर रेल सेवा अस्थायी रूपमा रोकिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार सीमा खुलेपछि रेल सेवा पुनः सञ्चालन हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.