भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

लोक दोहोरी ‘आकाशैमा तारा र जुन छन्’ ले दर्शकको मन जित्दै

लोक दोहोरी ‘आकाशैमा तारा र जुन छन्’ ले दर्शकको मन जित्दै

काठमाडौं, २८ पुष । लोक दोहोरी तथा काैउडा शैलीको नयाँ नेपाली गीत ‘आकाशैमा तारा र जुन छन्’ सार्वजनिक भएको छ । चर्चित गायिका टीका पुन र धनराज चुनाराको स्वर रहेको यस गीतलाई टीका पुनको अफिसियल युट्युब च्यानलले सार्वजनिक गरेकाे हाे ।

गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउन थालेको छ । गीतकाे शब्द तथा संगीत असिम चन्द्र विश्वकर्माकाे रहेकाे छ भने एरेञ्ज सुनिल परियारले गरेका छन् ।

मिक्सिङ र मास्टरिङ HBN किस्मतले गरेका छन् ।  राज खड्काले रेकर्ड गरेको यो गीत 1 DB HD स्टुडियोमा तयार गरिएको हो । अडियो तथा भिडियो निर्माणको जिम्मा टीका पुन अफिसियलले निर्माण गरेकाे छ । 

भिडियो पक्षतर्फ कथा तथा निर्देशन एकिन्द्र सराशंकरले गरेका छन् । भिडियोमा कलाकार शेखर घर्ती मगर र कुसुम राईको मुख्य अभिनय देख्न सकिन्छ । साथै अतिथि कलाकारका रूपमा सुमन सुनार, दिपेन्द्र केसी र विश्व मुखियाको पनि सहभागिता रहेको छ ।

छायांकन नवराज उप्रेती तथा टिमले गरेका छन् । गीतले छोटो समयमा नै युट्युबमा हजारौं भ्युज बटुलिसकेको छ र दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.