भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

आमासहित दुई नाबालक छोरा झुण्डिएको अवस्थामा मृत फेला

आमासहित दुई नाबालक छोरा झुण्डिएको अवस्थामा मृत फेला

नुवाकोट । किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो ।

बिहान ९ बजेको समयमा भएको उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

चन्दीमायाका श्रीमान् रेस घले बिहान घरभन्दा केही माथी बारीमा केराउ टिप्न गएको समयमा उक्त घटना भएको र घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएको थियो । तर, घटना हुनुको वास्तविक कारण भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

बच्चाहरू विद्यालय जाने तरखरमा रहेका बेला घरभित्र एउटै कोठाको छुट्टाछुट्टै तीनवटा कुनामा झुण्डिएको र एउटै डोरीलाई टुक्र्याएर तीन भाग लगाएर तीनैजना झुण्डिएको पाइएको घटनास्थलमा रहेका स्थानीय नुचेत आधारभूत विद्यालयका प्रधानाध्यापक आर एन न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.