भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आमासहित दुई नाबालक छोरा झुण्डिएको अवस्थामा मृत फेला

आमासहित दुई नाबालक छोरा झुण्डिएको अवस्थामा मृत फेला

नुवाकोट । किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । किस्पाङ गाउँपालिका वडा नं. १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो ।

बिहान ९ बजेको समयमा भएको उक्त घटनाको थप अनुसन्धानका लागि तत्कालै जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोली घटनास्थल पुगेको छ । डिएसपी भारतीका अनुसार घटना शंकास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकोले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

चन्दीमायाका श्रीमान् रेस घले बिहान घरभन्दा केही माथी बारीमा केराउ टिप्न गएको समयमा उक्त घटना भएको र घरबाट निस्कनुअघि उनको श्रीमतीसँग सामान्य भनाभन भएको थियो । तर, घटना हुनुको वास्तविक कारण भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

बच्चाहरू विद्यालय जाने तरखरमा रहेका बेला घरभित्र एउटै कोठाको छुट्टाछुट्टै तीनवटा कुनामा झुण्डिएको र एउटै डोरीलाई टुक्र्याएर तीन भाग लगाएर तीनैजना झुण्डिएको पाइएको घटनास्थलमा रहेका स्थानीय नुचेत आधारभूत विद्यालयका प्रधानाध्यापक आर एन न्यौपानेले बताए ।

 


Thali Mobile Pvt.Ltd.