भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दलितलाई भोटबाट वञ्चित, स्थानीय समुदायद्वारा कारबाहीको माग

दलितलाई भोटबाट वञ्चित, स्थानीय समुदायद्वारा कारबाहीको माग

काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानिय तह उप निर्वाचनमा हुम्ला जिल्लामा दलितभोट खसाल्न रोक लगाएको तथ्य बाहिरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दल रावलले भोट हाल्न गएका एक जना दलितलाई अभद्र व्यवहार गरेको स्थानीयले बताएका छन् । मन्त्री जस्तो मान्छेले यस्तो व्यवहार गर्नु पंचायत र राणाशासनको जस्तो अवस्था आएको पीडित दलितले बताए ।

‘तँ घर जा, भोट नहाल भनेर मेरो हात तानेर घर पठाइ दियो ।’ दलित एक स्थानीयले बताए । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमज्योती माध्यामिक विद्यालयमा भइरहेको निर्वाचनमा ९ जना दलितलाई भोट खसाल्नबाट वञ्चित गरिएको नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति हुम्लाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन प्रक्रियामा सहभागि हुँन जाँदा ९ जना दलितलाई एमाले कार्यकर्ताहरुले मतदान गर्नमा रोक लगाएको मोर्चाका हुम्ला जिल्ला इन्चार्ज मदन परियारले बताए । उनले भने, अरु त अरुनै थियो, लोकतान्त्रिक मर्यादा पालकका रुपमा रहेको प्रहरी प्रशासन नै मौन बसिदिनु तथा निर्वाचन प्रकृयामा एमाले जस्तो पार्टीका नेता कार्यकर्ताले अराजक गतिविधि गर्नुले उदण्डताको पराकाष्टा नाघेको जिसस हुम्लाको ठहर छ ।

दलित माथि गरिएको राजनितिक बिभेदका विरुद्ध मोर्चाको गम्भिर ध्यानाकर्षण भएको इन्चार्ज परियारले बताए । जिल्लामा दलितको पक्षमा वकालत गर्ने तर, दलित समुदायलाइ दास मानसिकताबाट हेर्ने दृष्टिकोण परिवर्तन नगरे अब आम दलित समुदाय सहेर नबस्ने भन्दै उनलाई कारबाही नगरे पार्टीले नै चर्को मुल्य चुकाउनु पर्ने जारी प्रेश विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ । यस विषयमा बुझ्न खोज्दा पूर्व मन्त्री रावलको मोवाइल अफ थियो ।

 


Thali Mobile Pvt.Ltd.