भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

दलितलाई भोटबाट वञ्चित, स्थानीय समुदायद्वारा कारबाहीको माग

दलितलाई भोटबाट वञ्चित, स्थानीय समुदायद्वारा कारबाहीको माग

काठमाडौं । मंसिर १६ गते सम्पन्न स्थानिय तह उप निर्वाचनमा हुम्ला जिल्लामा दलितभोट खसाल्न रोक लगाएको तथ्य बाहिरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दल रावलले भोट हाल्न गएका एक जना दलितलाई अभद्र व्यवहार गरेको स्थानीयले बताएका छन् । मन्त्री जस्तो मान्छेले यस्तो व्यवहार गर्नु पंचायत र राणाशासनको जस्तो अवस्था आएको पीडित दलितले बताए ।

‘तँ घर जा, भोट नहाल भनेर मेरो हात तानेर घर पठाइ दियो ।’ दलित एक स्थानीयले बताए । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमज्योती माध्यामिक विद्यालयमा भइरहेको निर्वाचनमा ९ जना दलितलाई भोट खसाल्नबाट वञ्चित गरिएको नेपाल दलित मुक्तिमोर्चा जिल्ला समन्वय समिति हुम्लाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन प्रक्रियामा सहभागि हुँन जाँदा ९ जना दलितलाई एमाले कार्यकर्ताहरुले मतदान गर्नमा रोक लगाएको मोर्चाका हुम्ला जिल्ला इन्चार्ज मदन परियारले बताए । उनले भने, अरु त अरुनै थियो, लोकतान्त्रिक मर्यादा पालकका रुपमा रहेको प्रहरी प्रशासन नै मौन बसिदिनु तथा निर्वाचन प्रकृयामा एमाले जस्तो पार्टीका नेता कार्यकर्ताले अराजक गतिविधि गर्नुले उदण्डताको पराकाष्टा नाघेको जिसस हुम्लाको ठहर छ ।

दलित माथि गरिएको राजनितिक बिभेदका विरुद्ध मोर्चाको गम्भिर ध्यानाकर्षण भएको इन्चार्ज परियारले बताए । जिल्लामा दलितको पक्षमा वकालत गर्ने तर, दलित समुदायलाइ दास मानसिकताबाट हेर्ने दृष्टिकोण परिवर्तन नगरे अब आम दलित समुदाय सहेर नबस्ने भन्दै उनलाई कारबाही नगरे पार्टीले नै चर्को मुल्य चुकाउनु पर्ने जारी प्रेश विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ । यस विषयमा बुझ्न खोज्दा पूर्व मन्त्री रावलको मोवाइल अफ थियो ।

 


Thali Mobile Pvt.Ltd.