भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

महायज्ञमा करिब २ करोड बढी दान रकम सङकलन, आइतबार गायक खुमन अधिकारीले नचाए छमछमी

महायज्ञमा करिब २ करोड बढी दान रकम सङकलन, आइतबार गायक खुमन अधिकारीले नचाए छमछमी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा सञ्चालन भइरहेको वृहत पितृ मुक्ति ज्ञान महायज्ञमा दैनिक दाताहरुले दान गरिरहेका छन् । समाजमा रहेका विभिन्न तह र तप्तकामा रहेका मानिसहरुले आफूले चाहेको दैनिक दान गरिरहेका हुन । छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्ने उद्देश्यले सञ्चालन भइरहेको महायज्ञबाट उठेको रकमले आश्रम निर्माण गर्ने उदेश्य रहेको आयोजकको भनाई छ ।

आश्रम निर्माणका लागि जमिन खरिद गरि भवन निर्माणमा सहयोगार्थ सञ्चालन भएको महायज्ञमा विभिन्न पालिकाहरुबाट, स्थानीय, समाजमा रहेका लब्धप्रतिष्ठित व्यक्तिहरुले सहयोग गरिरहेको आयोज समितिले जनाएको छ । ज्ञान महायज्ञमा एकै दिन करिब १ करोड रकम सङकलन भएको छ ।धार्मिक तथा सास्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत पितृ मुक्ति ज्ञान महायज्ञको १० औ दिन अर्थात शनिवार एकै दिन १ करोड बढी दान रकम सङकलन भएको आयोजकको भनाई छ ।

सनिवार महायज्ञमा सहभागि भएका बिभिन्न स्थानिय,प्रदेश स्तरका विभिन्न राजनीतिक दलका तथा बिभिन्न संघसंस्थाका ब्यक्तिहरुबाट बोल रकम र नगदी सङकलित रकम गरेर १ करोड दान रकम सङकलन भएको आयोजकले जानकारी दिएका हुन । महायज्ञ आगामि २७ गतेसम्म सञ्चालन हुने छ । जिल्ला तथा जिल्ला बाहिरबाट महायज्ञको अबलोकन गर्नको लागि भक्तजनहरुको बाक्लो उपस्थिती रहने गरेको छ । गत आश्विन ११ गतेदेखि सुरु भएको महायज्ञमा हालसम्म करिब २ करोड बढी दान रकम सङकलन भैसकेको आयोजकको भनाई छ ।

महायज्ञमा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता,स्थानीय, विभिन्न संघ संस्थाले दान गरिरहेका छन । आइतबार महायज्ञमा नेपाली लोक गायक खुमन अधिकारीले आफ्ना विभिन्न भजनबाट भक्तजनहरुलाई रमाइलो प्रदान गरेका छन । महायज्ञमा राष्ट्रिय स्तरका भक्ति संगितका कलाकारद्धारा नियमित रुपमा भक्ति संगीत प्रस्तुत हुने गरेका छन ।

 


Thali Mobile Pvt.Ltd.