भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

प्रहरीद्वाराआठ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने सुझाव

प्रहरीद्वाराआठ करोड ५७ लाख बिगो कायम गर्नुपर्ने सुझाव

काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीले राहुल महरा, लोकेन्द्रकुमार पौडेल, निमा गुरुङ र तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित चार जनालाई प्रतिवादी कायम गर्न सुझाव दिएको हो ।

सीआईबीले आइतवार बुझाएको प्रतिवेदनमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गर्न सरकारी वकिललाई सुझाव दिएको छ । २०७९ सालको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको नौ किलो ११ ग्राम पाँच सय २४ मिलिग्राम सुन भेटिएको थियो ।

त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरी गएको असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । सुन भन्सारमा रहेको बेला छुटाउन दबाब दिएको आरोप पूर्वसभामुख महराका बाबुछोरामाथि लागेको छ । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।

 


Thali Mobile Pvt.Ltd.