भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बौद्धगेटस्थित सडकमा बा ९० प ५२०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

मंगलबार राति दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्दै आएका ५२ वर्षीय टीकाबहादुर पुन मगर गम्भीर घाइते भएका थिए ।

उनको उपचारको क्रममा स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.