भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टको हत्या आरोपित पक्राउ

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टको हत्या आरोपित पक्राउ

काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् । प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

विष्टको हत्यामा संलग्न भएको आरोपमा तीन जना फरार रहेको बताइए पनि अहिले कतिजनालाई पक्राउ गरिएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यसबारे पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले बताएको छ ।

यसअघि हत्यमा संलग्न भएको आरोपमा ६ चैत २०८० मा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । त्यतिबेला धादिङ गंगाजमुना गाउँपालिका ७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् ।

२६ असार २०६४ मा ललितपुर महानगरपालिका(२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.