भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टको हत्या आरोपित पक्राउ

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्टको हत्या आरोपित पक्राउ

काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रहेको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् । प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

विष्टको हत्यामा संलग्न भएको आरोपमा तीन जना फरार रहेको बताइए पनि अहिले कतिजनालाई पक्राउ गरिएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यसबारे पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले बताएको छ ।

यसअघि हत्यमा संलग्न भएको आरोपमा ६ चैत २०८० मा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । त्यतिबेला धादिङ गंगाजमुना गाउँपालिका ७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् ।

२६ असार २०६४ मा ललितपुर महानगरपालिका(२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.