भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको दंगीशरण गाउँपालिका ५ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ​दुर्घटनामा स्थानीय २५ वर्षीय सम्राट गिरीको मृत्यु भएको हो। शुक्रबार राति करिब १० बजेतिर तुलसीपुरबाट पश्चिम जाँदै गरेको लु.प्र।०२००१ प ०९४६ नम्बरको मोटरसाइकल रोकिएको रा १ त १४२२ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा चालक गिरी घाइते भएका थिए।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा करिब राति ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रहरीले ट्याक्टर चालक बबई गाउँपालिका ७ बस्ने २९ वर्षीय इन्द्रबहादुर डाँगीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.