भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

पाकिस्तानमा मङ्कीपक्सको पहिलो सङ्क्रमित भेटिए

पाकिस्तानमा मङ्कीपक्सको पहिलो सङ्क्रमित भेटिए

काठमाडौं । पाकिस्तानमा मङ्कीपक्सको पहिलो सङ्क्रमित भेटिएका छन् । खाडी देशबाट फर्किएका खैबर पख्तुनख्वाको मरदान जिल्लाका एक व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सङ्क्रमित व्यक्ति क–कसको सम्पर्कमा आएका थिए भन्नेबारे पत्ता लगाउने काम भइरहेको बताएका छन् । यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले स्वास्थ्य मन्त्रालयलाई कुनै पनि स्थितिको सामना गर्नका लागि सतर्क रहन निर्देशन दिएको खबरमा उल्लेख छ ।

यसअघि स्विडेनमा एक जनामा एमपक्स सङ्क्रमण देखिएको थियो । अफ्रिकाका केही भागहरूमा एमपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हिजो विश्वव्यापी आपत्कालको घोषणा गरेको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.