भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी पश्चिममा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी पश्चिममा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। शुक्रबार रूपन्देहीको शुद्धोधन गाउँपालिका अमहवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–००६ प ९८३६ को मोटरसाइकल साँझ ६ बजेर ४० मिनेटमा सरावल–१ सालबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय कमल परियार रहेको प्रहरीले जनाएको छ । परियारलाई साढे ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेको हो । टाउकोमा चोट लागेका गोपाल लोहनीको उपचार भइरहको प्रहरीले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भई सडक बिचको पेटीमा ठोक्किँदा चालक नुवाकोट लिखु–३ का २९ वर्षीय लोहनी र पछाडि बसेका परियार गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो।

 


Thali Mobile Pvt.Ltd.