भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी पश्चिममा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी पश्चिममा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी पश्चिमको सरावल गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। शुक्रबार रूपन्देहीको शुद्धोधन गाउँपालिका अमहवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं. ३–०२–००६ प ९८३६ को मोटरसाइकल साँझ ६ बजेर ४० मिनेटमा सरावल–१ सालबासमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षीय कमल परियार रहेको प्रहरीले जनाएको छ । परियारलाई साढे ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेको हो । टाउकोमा चोट लागेका गोपाल लोहनीको उपचार भइरहको प्रहरीले जनाएको छ।

मोटरसाइकल अनियन्त्रित भई सडक बिचको पेटीमा ठोक्किँदा चालक नुवाकोट लिखु–३ का २९ वर्षीय लोहनी र पछाडि बसेका परियार गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल लगिएको थियो।

 


Thali Mobile Pvt.Ltd.