भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउने

चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउने

काठमाडौं । शनिबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ। भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै विमानस्थल सञ्चालनको समय दैनिक दुई घण्टा बढ्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको ६० प्रतिशत पुरा भएको हो ।विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएका मुख्य जटिल काम सकिएकाले चैत १८ गतेअघि नै विमानस्थल पूर्ण सञ्चालनमा आउनसक्ने जनाइएको छ ।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना अन्तर्गत हुन लागेको काम चैत १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विमानस्थल गत कात्तिक २३ गतेदेखि राति १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा बन्द हुँदै आएको थियो। शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा हुनेछ।

विमानस्थलभित्र हाल तीनवटा आयोजनाको काम भइरहेको छ। सन् २०२० मे सुरु भएर सन् २०२६ फेब्रुअरीमा सकिने सबै आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ४० प्रतिशत मात्र पूरा भएको छ। आयोजना सम्पन्न गर्न करिब १५ अर्ब रुर्पयाँ लाग्ने प्राधिकरणले जनाएको छ।

अहिले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थलको ह्यांगर पूर्वतर्फको एप्रोन विस्तारलगायत विमानस्थलको क्षमता वृद्धिका लागि पूर्वाधार विस्तारजारी रहेको प्राधिकरणले जनाएको छ ।

‘तीन महिनामा धावनमार्ग नजिकको काम ६० प्रतिशत पूरा भएकाले शनिबारदेखि थप दुई घण्टा विमानस्थल सञ्चालनमा आउन लागेको प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.