भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालेरो दुर्घटना हुँदा कालीकोटमा ७ जना घाइते

बालेरो दुर्घटना हुँदा कालीकोटमा ७ जना घाइते

कालीकोट । शुभकालिका गाउँपालिकामा बोलेरो जीप दुर्घटना भएको छ । हाउडीमा जिप दुर्घटना हुँदा सवार ७ जना घाइते भएका छन् । गम्भीर घाइते सात जनामध्ये तीन जनाको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

घाइते भएका पूजा शाही, देवदत्त आचार्य, विजया शाहीलाई हेलिकोप्टरमार्फत् सुर्खेत लगिएको शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मा शाहीले बताइन् । अन्य घाइतेको भने जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताए ।

एक जनाको अवस्था सामान्य रहेको छ । घाइते हुनेहरू सबै वडा नं ६ हाउडीकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको गाडी दुर्घटना भएको हो । शुभकालिका वडानं ६ निबासी १८ वर्षीया पुजा शाही, २३ वर्षीया विजया शाही, २६ वर्षीय देउदत्त आर्चाय, ५४ वर्षीय तीर्थ खत्री,३२ वर्षीय ऐन बहादुर खत्री, २७ वर्षीय देवेन्द्र चौलागाई, अन्दाजी ५० वर्षीय टिउली शाही घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.