भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

चार लाख घुससहित चन्द्रागिरिबाट बिचौलिया पक्राउ

चार लाख घुससहित चन्द्रागिरिबाट बिचौलिया पक्राउ

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ४ लाख रुपैयाँ घुस लिइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक बिचौलियालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्वर–२ बस्ने ध्रुव बहादुर कडायत पक्राउ परेका हुन् ।

कडायतले घुस रकम लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । आरोपीले सेवाग्राहिबाट घुस लिइसकेको अवस्थामा दुई लाख रुपैयाँ नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको हो । उनलाई चन्द्रागिरि नगरपालिका वडा नम्बर–१२ स्थित नगरपालिकाको कार्यालयको गेटबाट अख्तियारको टोलीले पक्राउ गरेर थियो ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएको खुलेको छ ।

 


Thali Mobile Pvt.Ltd.