भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सप्तरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

सप्तरीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्करले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका ३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जय प्रकाश मेहता रहेका छन् ।

महेशको घटनास्थलमै र जय प्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका(१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका(३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.