भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

बागलुङमा पिकअप जीप दुर्घटना, एकजनाको मृत्यु र चारजना घाइते

बागलुङमा पिकअप जीप दुर्घटना, एकजनाको मृत्यु र चारजना घाइते

बागलुङ, २२ कात्तिक । बागलुङको ढोरपाटन नगरपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

शुक्रबार अपराह्न बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिका–८ र ९ को सिमानास्थित च्वावीर भन्ने ठाउँमा दुर्घटना भएको हो।

दुर्घटनामा ढोरपाटन–७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कयतले जानकारी दिए।

उपप्रमुख कयतका अनुसार दुर्घटनामा चारजना घाइते भएका छन्, जस मध्ये एकजनाको अवस्था गम्भीर छ। घाइतेहरूको स्थानीयवासी र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पताल पठाएको हो।

दुर्घटनाको कारण खुल्न बाँकी भए पनि सडक साँघुरो र मोडयुक्त भएकोले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.