भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाढीरपहिरोको क्षतिबाट ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी

बाढीरपहिरोको क्षतिबाट ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको बीमा दाबी

काठमाण्डौ, २२ कार्तिक । अघिल्लो महिना असोजको बाढी रपहिरोका कारण पुगेको क्षतिबाट बीमा कम्पनीमा तीन अर्ब ७८ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको छ ।

गएको असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो ।

बीमा प्राधिकरणका अनुसार कुल चार सय ३४ वटा बीमा दाबीको आवेदन परेको छ । सम्पत्ति बीमा, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम, कृषि तथा बाली बीमा, मोटर बीमालगायतको आवेदन परेको छ ।

कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । सबैभन्दा धेरै एक सय ९७ वटा बीमा दाबीको आवेदन सुनसरीमा परेको छ ।

यस्तै, इलाममा ६०, काठमाण्डौमा ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ । प्राधिकरणका अनुसार गएको भदौ २३ र २४ गतेको जेन–जीआन्दोलनका कारण भएको क्षतिको २३ अर्ब २३ करोड रुपैयाँबराबरको बीमा दाबीको आवेदन परेको छ ।

यस्तै, गएको असारको बाढीरपहिरोका कारण भएको क्षतिको ९८ करोड ५९ लाख बराबरको बीमा दाबीको आवेदन परेको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.