भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

मकवानपुर । हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो ।

“अफ्रिकन स्वाइन फिवरबाट धमाधम बङ्गुर मर्न थालेपछि हामीले सरसफाइसँगै नियन्त्रण अभियान चलायौँ, पशु सेवा कार्यालय हेटौँडाका प्रमुख डा ब्रजकिशोर ठाकुरले भने, “अहिले अब फिवर नियन्त्रणमा आइसकेको छ ।”

गत मङ्सिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौँडा उपमहानगरपालिका–१, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बङ्गुर मरेका थिए । यस्तै, पशु सेवा कार्यालयले तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाएको छ । सो कार्यालयले यही माघ २४ देखि ३० गतेसम्म मकवानपुरका १० वटै पालिकामा सञ्चालन गरेको पिपीआर खोप कार्यक्रमअन्तर्गत तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा ठाकुरले बताए ।

भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ । पशुपालनतर्फ बाख्रा पाल्ने किसानको सङ्ख्या बढ्नुका साथै भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारको निर्देशअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको उनले बताए ।

त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । कार्यालयका पशु चिकित्सक डा विजय पौडलका अनुसार हेटौँडासहित जिल्लाका विभिन्न पालिकाका किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।

खोप कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९, १२ र १५ तथा मनहरी गाउँपालिका–६ र ७ मा छ हजारभन्दा बढी पशुमा खोरेत रोगविरुद्धको खोप लगाइएको जनाएको छ । पशुहरूको बढी आवतजावत हुने ती स्थानमा खोरेत रोगविरुद्धको अभियान चलाइएको पशु चिकित्सक डा पौडैलले बताए । यस्तै, जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको जनाएको छ । रासस

 

 


Thali Mobile Pvt.Ltd.