भर्खरै : Sorry, your browser does not support inline SVG.
काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने |

जबरजस्ती नगर्न पूर्वराजालाई दलहरूको चेतावनी

जबरजस्ती नगर्न पूर्वराजालाई दलहरूको चेतावनी

काठमाण्डौ । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक गतिविधि गरेमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरूले पूर्वराजालाई संवैधानिक दायराभित्र रहन आग्रह गरेका हुन ।

शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतामा भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिनुभयो भने बिहीवार महोत्तरीमा कांग्रेस सभापति देउवाले गणतन्त्रमा राजतन्त्रको स्थान नभएको तर्क गरे ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाले जबरजस्ती गर्न खोजे सह्य नहुने चेतावनी दिएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी भइरहनुभएको छ भने राजसंस्था पक्षधरहरूले सार्वजनिक राजनीतिक गतिविधि बढाउँदै लगेका छन् । आइतबार पूर्वाराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने राजावादीहरूको तयारी रहेकाले प्रहरीले काठमाण्डौमा सुरक्षा सतर्कता बढाएको छ ।

राजावादीको गतिविधिका कारण काठमाण्डौ केन्द्रित कार्यक्रम गर्ने भन्दै माओवादीले हुलाकी राजमार्ग केन्द्रित एक महिने तराई–मधेश जागरण अभियान स्थगित गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.