एजेन्सी । काठमाडौं । सोमबार दिउँसो जापानको इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम टरेको जनाइएको छ ।
इशिकावाको तटीय क्षेत्रमा ५ मिटर अग्लो सामुद्रिक लहर आउन सक्ने चेतावनी जारी गरेपछि आसपासका हजारौँ मानिसलाई अन्यत्र सारिएको थियो। तर, शक्तशाली सुनामी नआएपछि चेतावनी फिर्ता लिइएको छ।
भूकम्पपछि भत्किएका घरमा उद्धार र राहतको काम जारी छ। बीबीसीका अनुसार अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। अझै केही व्यक्ति हराइरहेको आशंका छ। ७ दशमलब ६ म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४२ भन्दा बढी ठूला पराकम्प गइसकेका छन्।
त्यसलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले शक्तिशाली सामुद्रिक आँधीको चेतावनी जारी गरेको थियो। जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो। ९ म्याग्निच्युडको उक्त भूकम्पपछि आएको शक्तिशाली आँधीका कारण १८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।