भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेससँग सहमति भएरै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँने

कांग्रेससँग सहमति भएरै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँने

काठमाण्डौ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । सरकारले संसदको गतिरोध अन्त्य गरेरै जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको हो ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले कांग्रेससँग सहमति हुने र सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले प्रस्तुत गर्न वातावरण बन्ने बताएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनैपर्ने अडानसहित कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
नेपाली कांग्रेसको संसदीय दलको सोमबार बस्ने बैठकमा संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.