भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गयो, एक हजार ६ सयभन्दा धेरै घाइते

अफगानिस्तानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गयो, एक हजार ६ सयभन्दा धेरै घाइते

एजेन्सी । गएको शुक्रवार ठूलो वर्षा हुँदा अफगानिस्तानका धेरै प्रान्त बाढीको चपेटामा परेका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी क्षेत्रमा पुग्न उद्धारकर्मीलाई समस्या भईरहेको जनाइएको छ ।

विनाशकारी क्षेत्रमा राहत तथा उद्धारका लागि गएका खाद्यान्नले भरिएका ट्रक, सेनाका गाडी, उद्धारकर्मी र स्थानीयबासिन्दा बाढीले सडकलाई बगाएपछि बीचमै फसेका छन् ।

सेनाले बाटो बनाउन र हिलोमा फसेका ट्रकहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेको जनाएको छ । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । यो प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्‍याउन समस्या भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन् ।

दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र एक हजार गाईवस्तु मारिएको तालिबान सरकारले जनाएको छ । तालिबानको शरणार्थी मन्त्रालयले बघलानमा बाढीबाट तीन सय १५ जनाको ज्यान गएको र एक हजार ६ सयभन्दा धेरै घाइते भएको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.