भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक

हुम्लामा पनि पुग्यो पाठ्यपुस्तक

हुम्ला । हुम्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुगेका छन् । उत्तरी क्षेत्रका दुई सिमकोट र नाम्खा गाउँपालिकाका ३९ विद्यालयमध्ये नाम्खा–६ को लिमीमा रहेको सुनखानी आधारभूत विद्यालयबाहेक अन्य ३८ वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्‍याएको रोकाया पुस्तक पसलका सञ्चालक ज्ञानबहादुर रोकायाले बताउनुभयो ।

सडकमा हिउँ जमेर आवतजावत बन्द भएका कारण लिमीको सुनखानी विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन नसकिएको रोकायाले जानकारी दिनुभयो । यस्तै ज्ञानु पुस्तक पसलले पनि सर्केगाड गाउँपालिकाका ३२ वटा विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने काम पूरा भएको जनाएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले हुम्लाका २१ हजार ६८ जना विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको जानकारी दिनुभयो । हातहातमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीलाई पठनपाठनमा पनि सहज भएको छ ।

विगतमा पढाइ शुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नपुगेर समस्या हुने गरेकोमा अहिले देशभर नै समयमा पुस्तक पुगिसकेका छन् । केही सुगम जिल्लामा अहिले धमाधम पुस्तक पठाउने काम भइरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.