भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

एम्नेस्टीको चेतावनी: नेपालमा जबरजस्ती निष्कासन र आवास संकट गहिरिंदै

एम्नेस्टीको चेतावनी: नेपालमा जबरजस्ती निष्कासन र आवास संकट गहिरिंदै

काठमाडौँ, ६ साउन । नेपालमा जबरजस्ती निष्कासन र आवासहीनता बढ्दै गएको प्रति एम्नेस्टी इन्टरनेशनलले गम्भीर चिन्ता व्यक्त गरेको छ। ‘कहीँ जाने ठाउँ छैन : नेपालमा जबरजस्ती निष्कासन’ शीर्षकको प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले सरकारको नीतिगत अस्पष्टता, कानुनी कमजोरी र समन्वयको अभावले दलित, आदिवासी जनजाति र भूमिहीन समुदायहरू संकटमा परेको जनाएको छ।

एम्नेस्टी इन्टरनेशनल नेपालका निर्देशक निराजन थपलियाका अनुसार, विभिन्न जिल्लामा प्रतिनिधिमूलक निष्कासनका घटनाहरूमा उचित कानुनी प्रक्रिया बिना घर भत्काइने, आवास गुमाइने र पुनर्स्थापनाको व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने कार्य बारम्बार दोहोरिएको छ।

आवास अधिकारसम्बन्धी ऐन २०७५ को प्रभावकारी कार्यान्वयन नहुनु, पुनर्स्थापनाको स्पष्ट योजना नहुनु र मानव अधिकार आयोगजस्ता संस्थाहरूको स्रोत अभावले प्रभावित समुदायमा गहिरो मानवीय संकट उत्पन्न भएको उल्लेख छ।

एम्नेस्टीले सरकारलाई जबरजस्ती निष्कासनको अभ्यास तत्काल अन्त्य गर्न, निष्कासन आवश्यक परेमा उचित कानुनी प्रक्रिया अपनाउन र प्रभावित समुदायको सहभागितामा पुनर्स्थापनाको योजना बनाउन सुझाव दिएको छ।

 


Thali Mobile Pvt.Ltd.