भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपालमा नयाँ चराको खोज: भक्तपुरमा भेटियो साइबेरियाली राजपुत्रिका

नेपालमा नयाँ चराको खोज: भक्तपुरमा भेटियो साइबेरियाली राजपुत्रिका

मुख्य बुँदा 

भक्तपुरको मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटियो।

‘साइबेरियन स्यान्ड प्लोभर’ नामक चराको पुष्टि ।

असार ६ गते कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले फेला पारेको थियो।

चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ।

चराको प्रजाति संकटापन्न सूचीमा परेको छ (IUCN Red List)।

नेपालमा चराको प्रजाति संख्या अब ९०२ पुगेको छ।

काठमाण्डौँ, ६ असार । भक्तपुरको मध्यपुर थिमीस्थित मनोहरा फाँटमा नेपालमा अहिलेसम्म अभिलेख नभएको नयाँ प्रजातिको चरा भेटिएको छ। ‘साइबेरियन स्यान्ड प्लोभर’ (Siberian Sand Plover) नामक चरालाई असार ६ गते कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले फेला पारेका थिए।

प्रारम्भिक पहिचानपछि नेपाल पक्षीविद् सङ्घमा तस्वीर र विवरण पठाइएपछि वैज्ञानिक पुष्टि भएको हो। नेपाल पक्षीविद् सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त चराको पहिचान पुष्टि गर्दै नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको जनाएको छ।

यो चराको पाइने क्षेत्र साइबेरिया, मङ्गोलिया, फिनल्यान्ड, जापान, कोरिया, ताइवान, भारत, तिब्बत, भूटान, अफगानिस्तान, मलेशिया लगायतका मुलुकहरू हुन्।

आईयूसीएनको रेड लिस्टअनुसार यो प्रजाति संकटापन्न सूचीमा रहेको छ। यससँगै नेपालमा हालसम्म अभिलेख भएका चराको प्रजाति संख्या ९०२ पुगेको पक्षीविद् सङ्घले जनाएको छ। यस खोजले नेपालको जैविक विविधता अध्ययनमा थप योगदान दिने विश्वास गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.