भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने : ऊर्जा मन्त्रालय

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने : ऊर्जा मन्त्रालय

काठमाडौँ, २१ कार्तिक । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने स्पष्ट पारेको छ। नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली गरी थप दुईवटा ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्नेसम्बन्धी सम्झौता भएको हो।

संयुक्त निर्देशक समिति (JAC) को १२औँ बैठकमा निर्णय भएको र सोही अनुसार नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच ‘ज्वाइन्ट भेन्चर’ र ‘शेयर होल्डर्स एग्रिमेण्ट’मा हस्ताक्षर सम्पन्न भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए।

सम्झौता अनुसार यी दुवै प्रसारण लाइनका नेपाली खण्डमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय खण्डमा ४९ प्रतिशत शेयर रहनेछ। ती प्रसारण लाइनमा प्राधिकरणले ‘क्यापासिटी बुकिङ’ गरेको पनि सहसचिव देवले बताए।

हालसम्म प्राधिकरणले ११ हजार ४३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ। कुल १२ हजार ६४६ मेगावाट बराबरको आवेदन प्राप्त भएकामध्ये पाँच हजार २३० मेगावाट क्षमताको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ।

विद्युत् खरिदबिक्री सम्झौता सम्पन्न भएका तथा आवेदन दिइएका आयोजनाबाट उत्पादित विद्युत् बिक्रीका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्रालयले जनाएको छ। हाल ढल्केवर–मुज्जफरपुर ४०० केभी प्रसारण लाइन सञ्चालनमा छ भने, न्यू बुटवल–गोरखपुर लाइन सन् २०२६ भित्र निर्माण सम्पन्न हुने छ।

 


Thali Mobile Pvt.Ltd.