भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्ण रूपमा बन्द गरे

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्ण रूपमा बन्द गरे

काठमाडौँ, २१ कार्तिक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले पूर्णरुपमा बन्द गरेका छन्। विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेको जनाएका छन्।

स्थानीयका अनुसार आफ्ना माग पूरा नभएसम्म मेलम्ची नदीबाट सुन्दरीजलसम्मको पानी पथान्तरण रोकिनेछ। मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा पुग्ने पानीको परिमाणका आधारमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेवापतको मूल्यको २५ प्रतिशत हिस्सा हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग रहेको छ।

त्यसैगरी, बाढी प्रभावितलाई आवश्यक राहत वितरण गर्न र मेलम्ची खानेपानी आयोजनाका बोर्ड सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने माग पनि स्थानीयले राखेका छन्।

 


Thali Mobile Pvt.Ltd.