भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

नेपालमा पर्यटन क्षेत्रलाई भरोसायोग्य बनाउन नियम पालना जरुरी: बके

नेपालमा पर्यटन क्षेत्रलाई भरोसायोग्य बनाउन नियम पालना जरुरी: बके

काठमाडौं, ३ भाद्र । पर्यटन व्यवसायी तथा भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोटका अध्यक्ष रामसुन्दर बकेले पर्यटन विभागको अनुमति नलिएका होटल र रिसोर्टमा सरकारी कार्यक्रम नगर्न स्पष्ट आग्रह गरेका छन्।

पर्यटन व्यवसाय कानुनी मान्यता र पारदर्शितामा आधारित क्षेत्र भएकाले दर्ता नभएका होटल–रिसोर्टमा सरकारी कार्यक्रम नगर्न उनले आग्रह गरेका हुन् ।

यस कार्यले केवल विवाद निम्त्याउने मात्र नभई सम्पूर्ण पर्यटन क्षेत्रको विश्वासनीयतामा पनि नकारात्मक असर पुर्‍याउँने बताउँदै भने “दर्ता नभएका स्थलमा कार्यक्रम गर्नु भविष्यमा हुने विवाद र जटिलतालाई निम्त्याउने काम हो। व्यवस्थित, सुरक्षित र दिगो पर्यटन सुनिश्चित गर्न नियमको कडाइ अपरिहार्य छ।”

कानुन पालना गर्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सबै क्षेत्रकाे महत्व उत्तीकै रहेकाे बताए । 

 


Thali Mobile Pvt.Ltd.