भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

लागूपदार्थ, चोरी र आपराधिक गतिविधिमा संलग्न विद्यार्थीहरूको अमेरिकी भिसा रद्द

लागूपदार्थ, चोरी र आपराधिक गतिविधिमा संलग्न विद्यार्थीहरूको अमेरिकी भिसा रद्द

मुख्य बुँदा 

६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द

करिब ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द

२००–३ सय भिसा आतंकवादसँग सम्बन्धित घटनाका कारण रद्द

धेरैजसो विद्यार्थी लागूपदार्थ, चोरी वा आपराधिक घटनामा संलग्न

ट्रम्प प्रशासनको कडा आप्रवासी नीति अनुसार कारवाही

प्यालेस्टाइन समर्थन प्रदर्शन गर्ने विद्यार्थीमाथि पनि कारवाही

अमेरिका, ३ भाद्र । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी कानून उल्लंघन गर्ने र निर्धारित अवधिबाट बढी समय बस्ने ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ।

मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो विद्यार्थी लागूपदार्थ सेवन गरी गाडी चलाउने, चोरी तथा अन्य आपराधिक घटनामा संलग्न रहेको पाइए। अमेरिकी विदेश मन्त्रालयका तथ्याङ्कअनुसार ६ हजार भिसामध्ये करिब ४ हजार भिसा कानून उल्लंघनका कारण रद्द गरिएका छन्।

त्यस्तै, करिब २००–३ सय भिसा आईएनए-थ्रीबी अनुसार आतंकवादसँग सम्बन्धित गतिविधि कारण रद्द गरिएको छ। यो कदम ट्रम्प प्रशासनको कडा आप्रवासी नीतिअन्तर्गत आएको हो, जसअनुसार विदेशी विद्यार्थीहरूसँग पनि कडा व्यवहार गरिएको बीबीसीले उल्लेख गरेको छ।

साथै, ट्रम्प प्रशासनले प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीविरुद्ध कारवाही गरेको छ, जसमा उनीहरूमाथि यहूदीविरोधी व्यवहारको आरोपसमेत थियो।

 


Thali Mobile Pvt.Ltd.