भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

६ हजार मिटर अग्लो हिमालमा एपीएफको झण्डा फहरायो टोलीले

६ हजार मिटर अग्लो हिमालमा एपीएफको झण्डा फहरायो टोलीले

काठमाडौं, २६ असोज। सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज पौडेलसहित सात जनाको टोलीले चुलु सुदूरपूर्व हिमाल (Chulu Far East Peak) सफलतापूर्वक आरोहण गरेको छ।

टाेलीले हिजो बिहान ७ बजे ६ हजार ३८ मिटर अग्लो शिखरमा पुगेर एपीएफ नेपालको झण्डा फहराएको हो। यो आरोहण दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने हिमालमा गरिएको हो।

एपीएफका अनुसार, यो आरोहणले पर्वतीय उद्धारको क्षेत्रमा बलको क्षमता अभिवृद्धि गर्नेछ। साथै, यसले पर्यटन प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गरिएको छ।

त्यस्तै, चुलु सुदूरपूर्व आरोहणले पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा सञ्चालन भइरहेका तालिमका लागि आवश्यक पर्ने प्रशिक्षक उत्पादनमा महत्वपूर्ण योगदान गर्ने एपीएफले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.