भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

अवरुद्ध अरनिको राजमार्ग खुल्यो

काठमाडौं। सुक्खा पहिरोले अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका ५५ किलोमा हिजो बेलुका र गएराति सुक्खा पहिरो गएको थियो ।। पहिरो खस्दा करिब ५० मिटर सडक अवरुद्ध भएको थियो ।

पहिरो हटाएपछि अवरुद्ध सडक खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले जानकारी दिए । उनका अनुसार यो सडक खण्डमा पटक पटक सुक्खा पहिरो खस्ने गरेको छ ।

अरनिको राजमार्गको जिरोकिलो–दोलालघाट सडकखण्डमा यसअघि पनि पटक पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.