भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सोलुखुम्बुका बाढी पीडितलाई जनही ६५ हजार रुपैयाँ राहत

सोलुखुम्बुका बाढी पीडितलाई जनही ६५ हजार रुपैयाँ राहत

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिकाले बाढीपीडितलाई पालिकाबाट ५० हजार रुपैयाँ र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट १५ हजार गरी ६५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा पुग्नुभएका सोलुखुम्बुका सांसद एवम् रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहेका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति राहत स्वरुप रकम दिएको बताए ।

हिजो स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति भएको छ । सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको सांसद शेर्पाले जानकारी दिए । बाढीबाट एक सय जना विस्थापित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.