भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सशस्त्र प्रहरीमा एकैपटक १६६ अधिकृतको कमान्ड जिम्मेवारी हेरफेर

सशस्त्र प्रहरीमा एकैपटक १६६ अधिकृतको कमान्ड जिम्मेवारी हेरफेर

काठमाडाैं, २९ असाेज । सशस्त्र प्रहरी बल नेपालले देशभरि बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै १६६ जना अधिकृतहरूको कमान्ड जिम्मेवारी एकै पटकमा हेरफेर गरेको छ । हेरफेर गरिएका अधिकृतहरूमध्ये सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, निरीक्षक ९३ जना र नायव निरीक्षक ४९ जना छन् ।

प्रधान कार्यालयले पूर्वानुमान सूचीका आधारमा अधिकृतहरूलाई कमान्डमा खटाउँदै आएको छ । साथै, सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट प्रदर्शन गरेका अधिकृतहरूलाई प्राथमिकतामा राखिएको छ । संगठनले राजस्व संकलनलाई विशेष प्राथमिकता दिँदै विगतको ट्र्याक रेकर्डअनुसार जिम्मेवारी तोकेको छ ।

लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतहरूलाई अन्य प्रदेशमा सरुवा गरिएको छ । अनिवार्य अवकाशको समय नजिकिएका अधिकृतलाई कमान्ड जिम्मेवारी दिइएको छ भने,  आचरण विपरीत कार्य गर्ने तथा जिम्मेवारी नपुर्‍याउने अधिकृतलाई कमान्डबाट हटाइएको बताएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.