भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विश्वकप छनोट : आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

विश्वकप छनोट : आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ, २९ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणको महत्वपूर्ण खेलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।  नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने यो खेल नेपाली क्रिकेटको इतिहासकै निर्णायक खेलमध्ये एक मानिएको छ ।

यस खेलमा जित हात पार्न सफल भएमा नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछ । नेपालले सुपर सिक्स चरणमा हालसम्म दुई खेल खेलिसकेको छ । जसमा दुबै खेलमा जित हात पारेको छ । यूएई र कतारविरुद्धको दुबै खेल अन्तिम ओभरसम्म पुगेर जितेको नेपालको प्रदर्शन प्रशंसायोग्य रहेको छ ।

यूएईविरुद्ध नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा खेल अन्तिम ओभरको अन्तिम बलसम्म पुगेको थियो । अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिँदै जित दिलाएका थिए । त्यसैगरी कतारविरुद्धको दोस्रो खेलमा अन्तिम ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ७ रनले पराजित गर्न सफल भएका थिए ।

आज पनि नेपाल बलियो प्रतिस्पर्धी टिम ओमानसंग भिड्दै । यद्यपि, नेपालले पछिल्ला खेलहरूमा देखाएको फर्मलाई कायम राख्न सके याे खेलबाट नै विश्वकपको यात्रा सुनिश्चित हुने देखिन्छ । सुपर सिक्स चरणमा नेपाल, ओमान, यूएई, जापान, कतार र सामाओ सहभागी छन् । यीमध्ये शीर्ष तीन टिमले सन् २०२६ को टी- २० विश्वकपमा खेल्ने छन् । नेपालले सुपर सिक्सको अन्तिम खेल आगामी शुक्रबार सामाओसँग खेल्नेछ ।

 

 


Thali Mobile Pvt.Ltd.